भद्रपुर । प्रभावशाली जितका साथ चर्च ब्वाईज युनाइटेड क्लब जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको अन्तिम प्रिक्वाटरफाइनलतर्फ चर्च ब्वाईजले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
मेची रंगशालामा भएको खेलमा चर्च ब्वाईजका लागि खेलको ४०औं मिनटमा गगनदिप सिंहले पहिलो गोल खाता खोलेका थिए । त्यस्तै दोस्रो हाफतर्फ ५६ र ६०औं मिनटमा आशिष चौधरीले लगातार दुई गोल गर्दै टोलीको प्रभावशाली जित सुनिश्चित गरेका थिए ।
खेलमा दुई गोल गरेका चर्च ब्वाईजका आशिष चौधरी म्यान अफ द म्याच चुनिए । उनले पुरुस्कार वापत नगद २० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन ९ गते मंगलबारको पहिलो क्वाटरफाइनल खेल भद्रपुर ब्लेजर्स र संकटा क्लबबीच हुने आयोजकले जानकारी दियो ।
भद्रपुर झापा गोल्डकप आयोजक कमिटिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । भद्रपुर नगरपालिका संरक्षक रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १६ गतेका दिन हुनेछ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा