काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा अनुभवी प्रशिक्षक अनन्त थापालाई नियुक्त गरेको छ । थापालाई प्रशिक्षकीय जिम्मेवारी दिइएको कुरा एन्फाले आफ्नो सामाजिक सञ्जालमार्फत घोषणा समेत गरेको हो ।
एन्फाका महासचिव किरन राईले आइतबार एक कार्यक्रमका बीच प्रशिक्षक थापालाई नियुक्तिपत्र हस्तानतरण गरे । त्यस्तै टोलीको गोलकिपिङ्ग प्रशिक्षकमा सुरज कुमार लामा नियुक्त भएका छन् भने टिम व्यवस्थापकमा बृन्दा देवानलाई नियुक्त गरिएको छ ।
थापालाई आगामी भारत विरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपुर्ण म्याचका लागि प्रशिक्षकीय जिम्मेवारी दिइएको हो । यद्यपि उनले त्यो जिम्मेवारीलाई थप समयसम्म सम्हाल्न सक्ने सम्भावना पनि छ । लामो समयदेखि विभागीय टोली नेपाल पुलिस क्लबको सिनियर टिम पनि सम्हालेका अनन्त घरेलु फुटबलमा अनुभवी प्रशिक्षक मध्ये एक हुन् ।
स्मरण रहोस, नेपाली महिला फुटबल टोलीले आउँदो फेब्रुरी १३ देखि २५ तारीखको बीचमा भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्ने तयारीमा छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि