News
गोधुली कपको १६औं संस्करण मंसिर २२ देखि (खेलतालिकासहित)

धर्मदेवी । किरातहरुको महान पर्व उधौली धान्यपूर्णिमा (चासुवा होकनाम) को अवसरमा आउँदो पुष १ गतेदेखि संखुवासभामा १६औं गोधुली कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
तुमोक खेलमैदानमा यहि मंसिर २२ देखि २५ गतेसम्म हुने प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मिरमिरे युवा क्लब, तामाफोक संखुवासभा र नेपाल पुलिस क्लब, बिराटनगर, मोरङ भिड्ने छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।
Post Comments