
काठमाडौं । बंगलादेशमा हुने साफ यु–१५ महिला च्याम्पियनसिपका लागि नेपालको राष्टि–१५ महिला फुटबल टोलीको फाइनल स्क्वाड शुक्रबार घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भगवती राना मगरले २४ सदस्यीय फाइनल स्क्वाड घोषणा गरेकी हुन् ।
आउँदो नोभेम्बर १ तारीखदेखि बंगलादेशको राजधानी ढाकामा शुरु हुन गईरहेको साफ यु–१५ महिला च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित दक्षिण एसियाका भुटान र नेपालले सहभागिता जनाउँदैछन् । नेपाली टोली हाल त्यसकै लागि आवश्यक तयारीमा छ ।
नेपाल यु–१५ महिला फुटबल टोलीः
गोलकिपर्सः राधीका ओली, सुजाता तामाङ, रुपा धिमाल
डिफेन्डर्सः सीता रोकाया, अमिता भुल, दिपा मगर, अन्जना पुन मगर, प्रेणा डोल्मा लामा, रेनु लिम्बु, बिपना स्नेही
मिडफि ल्डर्सः सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सबिता मण्डल, भूमिका बुढाथोकी, सुशिला केसी, शुक्रिया मिया, रेबिका नेपाली, मनिषा सेन
फरवार्डसः दिपा रोकाया, समिक्षा मगर, बर्षा ओली, सेनु परियार
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय