News
पुरुष फुटबलमा गण्डकीलाई कास्य

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा आयोजक तथा घरेलु टोली गण्डकी प्रदेशले कास्य जितेको छ । बुधबार पोखरा रंगशाला स्थिति फुटबल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कास्य जितेको हो ।
गण्डकीका कमल थापाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको ३१ औं मिनेटमा कमलले गोल गर्दै गण्डकीलाई अग्रता दिलाए ।
यस अघि गण्डकी सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग १–० को हार व्यहोरेको थियो । सुदुरपश्चिम एपिएफसँग ५–१ गोलको हार व्यहोरेको थियो । नवौंमा ७ प्रदेश सहित ३ विभागिय क्लब र एनआरएनको सहभागिता रहेको थियो ।
फाइनलमा आर्मी र एपिएफ भिड्दै
नवौं अन्तरगत पुरुष फुटबलको फाइनलमा विभागिय क्लबद्धय त्रिभुवन आर्मी र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्दै छन् । त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई सेमिफाइनलमा १–० ले स्तब्ध पार्दै फाइनल प्रवेश गरेको थियो ।
यस्तै एपिएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ को फाराकिलो गोलअन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल पोखरा रंगशालास्थित फुटबल मैदानमा २ः३० बजे हुने आयोजकले जनाएको छ ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड