
पोखरा । उत्कृष्ट जित निकाल्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब जारी राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ फाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफले सुदुरपश्चिमलाई ५–१ ले हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।
पोखरा रंगशालामा सम्पन्न खेलम एपिएफका लागि प्रदिप लामाले २ गोल गरे । त्यस्तै नविन लामा, बिकु तामाङ र हरि कार्कीले समान १–१ गोल गरे । उता पराजित सुदुरपश्चिमका लागि कुवेर सिंहले एक मात्र गोल गरेका थिए ।
एपिएफले अब फाइनलमा कार्तिक ३ गते बिहीबारका दिन अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछ । आर्मीले मंगलबार नै भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई १–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ । त्यस्तैसोही दिन सुदुरपश्चिम र गण्डकी प्रदेश पनि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड