News
पुलिस महिला फुटबलको फाइनलमा

वालिङ । विभागीय टोली नेपाल पुलिस क्लब राष्ट्रिय खेलकुदको महिला फुटबलतर्फ फाइनलमा प्रवेश गरेको छ । वालिङ रंगशालामा मंगलबार भएको सेमिफाइनलमा पुलिसले प्रदेश नम्बर १ लाई ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
यो जितसँगै पुलिसले स्वर्ण वा रजत पदक पक्का गरेको छ । पुलिसले अब मंगलबार नै हुने दोस्रो सेमिफाइनलतर्फ एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग फाइनल खेल्नेछ ।
फाइनल खेल बिहीबारका दिन हुनेछ । त्यस्तै सोही दिन मंगलबार पुलिससँग पराजित प्रदेश १ ले भने काँस्य पदकका लागि दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीसँग प्रस्पिर्धा गर्नेछ ।
Post Comments