
काठमाडौं । जारी नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ गैरआवासीय संघ (एनआरएनए) को फुटबल टोलीमा रहेका आठ खेलाडीहरुले बाँकी खेलहरुमा खेल्न नपाउने भएका छन् ।
एनआरएनएले प्रदेश १ विरुद्धको पहिलो खेलमा नेपाली राष्ट्रिय टोलीका बिमल घर्ती मगर, सुजल श्रेष्ठ, पुजन उपरकोटी, अनन्त तामाङ, निशान खड्का लगायत केही खेलाडीहरुलाई मैदानमा उतारेको थियो । सो खेलमा एनआरएनए २–० ले विजयी पनि भएको थियो ।
यद्यपि एनआरएनएले नियम उल्लघंन गरेको भन्दै प्रदेश १ ले राष्ट्रिय खेलकुदको सचिवालयमा उजुरी गरेको थियो । उजुरीमाथि छानबिन गर्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) को प्राविधिक कमिटीले प्रदेश १ को पक्षमा निर्णय गरेको छ । यो निर्णयसँगै प्रदेश १ ले एनआरएनए विरुद्धको खेलको नतिजा पनि आफ्नो पक्षमा पारेको छ ।
यो निर्णयसँगै एनआरएनएलाई भने केही असहज हुने देखिएको छ । सम्बन्धित आठ खेलाडीहरुले खेल्न नपाउने भएपछि अब टोलीमा मात्र १२ खेलाडीहरु रहेका छन् । एनआरएनएले तत्कालका लागि सोही खेलाडीहरुलाई टिममा राखी काम चलाउनु पर्ने देखिएको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय