News
सल्यानटारलाई लगनशील कपको उपाधि

ज्वालामुखी । यहाँ सम्पन्न नवौं लगनशील कप नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि सल्यानटार सिटीले जितेको छ । फाइनलमा सल्यानटारले मैदी युनाइटेडलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजेता बनेको हो ।
ज्वालामुखी गाउँपालिका–७ स्थित धारापानी खेलमैदानमा भएको उपाधि भिडन्तमा सल्यानटारका लागि सन्तलाल गुरुङले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
धादिङ जिल्ला कै सर्वाधिक ठूलो धनराशी रहेको प्रतियोगिताको विजेता सल्यानटारले उपाधिसहित नगद १ लाख ३० हजार हात पार्यो भने उपविजेता मैदीले ६५ हजार हात पारेको आयोजक क्लबका दिपक गिंडेलले जानकारी दिए ।
लगनशील युवा क्लबको आयोजनामा यहि असोज २२ गतेदेखि शुरु प्रतियोगितामा कुल १५ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।
Post Comments