News उपाधिका लागि छोइलिङ र जनआवाज भिड्दै
गोलनेपाल

निलकण्ठ । धादिङको पात्लेमा जारी १०औं मन बहादुर स्मृति कप नकआउट फुटबल प्रतियोगिताको यही माघ २ गते बुधबार हुने फाइनलमा छोइलिङ युथ क्लब र जनआवाज युथ क्लब भिड्ने भएका छन् ।

निलकण्ठ–१४, पात्ले स्थित स्थानीय खेलमैदानमा हुने फाइनलमा प्रवेश गर्ने क्रममा जनआवाजले मेन्डोफोले एफसी (बी) लाई हराएको थियो भने छोइलिङले देवलीछाप क्लबलाई हराएको थियो ।

विद्यार्थी उपकार संघ, धादिङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments