
धादिङ । लगनशील युवा क्लब, ज्वालामुखी–७, धादिङको आयोजनामा यहि असोज २१ देखि २५ गतेसम्म नवौं क्लबस्तरीय खुला नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
धारापानी खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । साथै इच्छुक क्लबहरुका लागि टिमदर्ता गर्न यहि असोज १८ गतेसम्म अन्तिम मिति तोकिएको छ । टिमदर्ता शुल्क भने ९,९९९ रुपैयाँ रहेको छ ।
‘खेलकुद विकासका लागि खेल प्रतियोगिता’ भन्ने मूल नाराका साथ शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३० हजार हात पार्नेछ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफीसहित नगद ५ हजार हात पार्नेछ भने अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुले जनही ४–४ हजार सहित ट्रफी प्राप्त गर्नेछ ।
गाउँघरको खेलकुद गतिविधीलाई देशैभरि चिनाएर एउटा फरक पहिचान बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजनालाई निरन्तरता दिईरहेको आयोजकले
खुला दौड प्रतियोगिता पनि हुने
त्यति मात्र नभएर सोही अवसरमा खुला दौड प्रतियोगिताको आयोजना गरिने आयोजकले जनाएको छ । दौड प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले मेडलसहित नगद ५ हजार प्राप्त गर्नेछ । त्यस्तै दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः ४ हजार र ३ हजारका दरले नगद पुरस्कारका साथ मेडल प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय