News
हरिसिद्धीलाई खुला फुटसलको उपाधि
ललितपुर । प्रथम खुला राष्ट्रव्यापी फुटसल प्रतियोगिताको उपाधि आयोजक हरिसिद्धी फुटसलले जितेको छ । ललितपुर स्थित हरिसिद्धी फुटसलमा सम्पन्न फाइनल खेलमा आयोजक हरिसिद्धीले याला फुटसललाई २–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको हरिसिद्धीले उपाधिसहित नगद ८० हजार पाउँदा उपविजेता याला फुटसलले ४० हजारमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक याला फुटसलका आर्यन महर्जन बन्दा सर्वोत्कृष्ट खेलाडी हरिसिद्धी फुटसलका सन्दिप कार्की चुनिए ।
हरिसिद्धी फुटसलको आयोजना तथा हरिसिद्धी स्पोर्टस क्लबको विशेष सहयोगमा सम्पन्न दुई प्रतियोगितामा कुल ३२ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- बसन्त गौचन फुटबल एकेडेमीको 'तीन दिने फुटबल प्रशिक्षण क्याम्प' सुरु
- च्यासल फुटबल मैदानको मर्मत सुरु
- ललितपुरमा खुला फुटसल हुँदै, विजेताले १ लाख पाउने
- रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय फुटसल हुँदै
- गाेदावरी र दक्षिणकाली सेमिफाइनलमा भिड्ने, काेन्ज्याेसाेम र कीर्तिपुर आईतबार खेल्दै