News
नेपाल यु–१५ महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा भगवती
काठमाडौं । अनुभवी महिला फुटबल प्रशिक्षक भगवती रानाले नेपालको यु–१५ महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएकी छिन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले मुख्य प्रशिक्षक रानालाई बिहीबार नै एक कार्यक्रमका बीच नियुक्तिपत्र हस्तान्तरण गरे । त्यस्तै सहायक प्रशिक्षकमा मंगल महर्जन नियुक्त भएका छन् । सो अवसरमा एन्फाकी महिला सरिला श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
स्मरण रहोस, यस वर्ष आगामी नोभेम्बर १ देखि १२ तारीखसम्म बंगलामा साफ यु–१५ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । त्यसका लागि हाल नेपालमा पनि देशव्यापी रुपमा छनौट कार्यक्रम शुरु भईसकेको छ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै