काठमाडौं । यहि महिना बहराईनमा हुने एएफसी यु–२० एसियन कप छनौट खेल्ने नेपाल यु–२० फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरिएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले आइतबार बहराईन जाने नेपाल यु–२० फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरेका हुन् ।
स्मरण रहोस, छनौट प्रतियोगिता अन्तरगत समूह बी मा रहेको नेपालले आयोजक बहराईन, बलियो कतारसँगै भुटान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । छनौट खेलहरु यहि सेप्टेम्बर १० देखि १८ तारीखसम्म खालिफा स्पोर्टस सिटी स्टेडियममा हुनेछ ।
यस्तो छ नेपाल यु–२० टोलीको फाइनल स्क्वाडः
गोलकिपर्सः इश्वर गुरुङ, टोप बहादुर राना, जियारथ शेख
डिफेन्डर्सः शयन्शु भषाल, जान तम्ली, राज थोकर, अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, श्रृजन दानी, अभिषेक वाइबा
मिडफिल्डर्सः राकेश विश्वकर्मा, सञ्जिव लामा, दिपेश गुरुङ, आशिष राई, सन्जिप कार्की, जन्मजय धामी, कृतिष रत्न छुन्जु, मनग्य नकर्मी, आयुष घलान
फरवार्डसः निरन्जन मल्ल, रोहन खड्गी, सुगम सुवाल
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि