काठमाडौं । भारतमा हुन गईरहेको साफ यु–२० च्याम्पियनसिप र बहराईनमा हुन गईरहेको एएफसी यु–२० एसियन कप छनौटका लागि बन्द प्रशिक्षणमा रहेको नेपालको यु–२० फुटबल टोलीको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन् ।
देशभरिबाट आएका खेलाडीहरुबीच भएको खुला छनौटबाट प्रारम्भिक टोलीको बन्द प्रशिक्षणमा कुल ४१ खेलाडीहरु सामेल थिए । यद्यपि मुख्य प्रशिक्षक मेघराज केसीले आइतबार बन्द प्रशिक्षणमा रहेका सो टोलीबाट ११ खेलाडीहरुलाई निकालेर ३० खेलाडीमा झारेका छन् ।
नेपालले भारतमा हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपतर्फ यहि जुलाई २५ तारीखका दिन माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यस्तै २७ जुलाईका दिन श्रीलंकासँग खेल्नेछ भने ३१ जुलाईका दिन आयोजक भारतसँग भिड्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले अगस्त २ तारीखका दिन बंगलादेशसँग खेल्ने कार्यक्रम छ ।
त्यस्तै एएफसी यु–२० एसियन कप छनौटको खेलहरु भने सेप्टेम्बरमा हुनेछन् । सो छनौट प्रतियोगितामा नेपालले आयोजक बहराईनसँगै भुटान, कतार र बंगलादेशसँग खेल्ने कार्यक्रम छ ।
यस्तो छ ३० सदस्यीय नेपाली यु–२० टोली
गोलकिपर्सः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख, सौरभ कार्की
डिफेन्डर्सः अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, श्रृजन धानी, रोशन थापा, राज थोकर
मिडफिल्डर्सः अभिषेक वाईबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दिप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिष रत्न छुन्जु, प्रितम स्याङतन, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान
फरवार्डसः दिपेश राई, निरन्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि