
काठमाडौं । बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार एभनिर एफसी, क्यामरुनसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ ।
दशरथ रंगशालामा भएको खेलमा दर्शकहरुलाई पनि प्रवेश निःशुल्क गरिएको थियो । अधिकांश नयाँ अनुहारलाई लिएर उत्रिएको नेपालले गोलको खाता भने खोल्न सकेन ।
स्मरण रहोस, केही दिन अघि मात्र व्यवस्थापन पक्ष र मूख्य प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै केही सिनियर खेलाडीहरुले बन्द प्रशिक्षणबाट निस्किएपछि मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले १७ नयाँ खेलाडीहरुलाई टिममा सामेल गरेका थिए ।
एएफसी एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाली टोली थप अभ्यास र प्रशिक्षणका लागि कतार जाने कार्यक्रम पनि छ । कतारमा नेपालले मई २३ र २४ तारीखका दिन अफगानिस्तानसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पनि तय भईसकेको छ ।
एएफसी एसियन कप छनौटतर्फ समूह ए परेको नेपालले कुवेत, जोर्डन र इण्डोनेसियासँग खेल्नेछ । प्रतियोगिताका सबै खेलहरु जुन महिनाको शुरुवातबाट कुवेतमा हुनेछ ।
- महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिकको गुनासोः “एन्फालाई योजना भन्दा राजनीतिमा बढी रुची”
- फ्रेण्डसको एकतर्फी जित, मनाङको लय जारी, शेर्पालाई सफलता
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात