Gorkhalis Abroad अष्ट्रेलियाः सेन्ट जर्जलाई नवाज कपको उपाधि
गोलनेपाल

काठमाडौं । अष्ट्रेलियामा रहेका नेपाली कम्युनिटीहरुबीच सम्पन्न नवाज कप फुटबल प्रतियोगिताको उपाधि सेन्ट जर्ज नेपलिज क्लबले जितेको छ ।

फाइनलमा सेन्ट जर्जले बेनी फुटबल क्लबलाई ४–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । सेन्ट जर्जका लागि असिम थापाले दुई गोल गरे भने रुप लामा र सुदिप श्रेष्ठले थप एक–एक गोल गरे ।

विजेता बनेको सेन्ट जर्जले उपाधिसहित नगद ३ हजार डलर हात पार्यो भने उपविजेता बेनीले १२०० डलरसहित ट्रफी, मेडलमा चित्त बुझायो । कुल १६ टोलीहरु सहभागि प्रतियोगितामा द राईजिङ गोर्खाले तेस्रो स्थान हासिल गर्यो । त्यसवापत उसले नगद ६०० डलर हात पार्यो ।

सेन्ट जर्जका रुप बहादुर लामा फाइनल खेलको म्यान अफ दि म्याच बने । त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक सेन्ट जर्जका निश्चल शाही ठकुरी चुनिए भने सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ खेलाडीको पुरस्कार सेन्ट जर्ज कै रुप लामाले हात पारे ।

त्यस्तै भेट्रानतर्फको उपाधि माकार्थर नेपलिज फुटबल क्लबले हात पार्यो । भेट्रानतर्फ विजेता बने माकार्थरले उपाधिसहित नगद १२०० डलर हात पार्यो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रमुख अतिथी संजिव शर्मा, आयोजक नेपाल अष्ट्रेलियन वेलफेयर सोसाईटीका अध्यक्ष चिरन तिवारी लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments