News स्पेन नकआउट चरणमा, इटाली र पोर्चुगल रोकिए, बेल्जियम बाहिरियो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । स्वीजरल्याण्डमा जारी युइएफए महिला युरो च्याम्पियनसिपतर्फ दावेदार मध्ये एकका रुपमा रहेको हेभिवेट स्पेन नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह बी मा लगातार दोस्रो जित निकाल्ने क्रममा स्पेनले बेल्जियमलाई ६–२ को फराकिलो अन्तरले हरायो । स्पेनले आफ्नो पहिलो खेलमा पोर्चुगललाई ५–० ले हराएको थियो ।

समूह बी कै अर्को खेलमा इटाली र पोर्चुगलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि २ खेलबाट ६ अंक जोडेको स्पेन एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ । त्यस्तै ४ अंकसहित इटाली दोस्रो स्थानमा रहँदा १ अंक जोडेको पोर्चुगल तेस्रो स्थानमा छ । अंकविहीन बेल्जिय पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।

अब समूह चरणको अन्तिम खेलमा जुलाई ११ तारीखका दिन इटालीले र स्पेनसँग खेल्नेछ भने सोही दिन पोर्चुगलले बेल्जियमको सामना गर्नेछ । समूह बी बाट अब स्पेन बाहेक इटाली र पोर्चुगलको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम छ ।

Post Comments