News
शानदार जितका साथ एनआरटीलाई सिमरा गोल्डकपको उपाधि
सिमरा । शानदार जितका साथ १२औं जितपुर सिमरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि न्युरोडटिम (एनआरटी) ले जितेको छ ।
शनिबार सिमरा रंगशालामा सम्पन्न फाइनल भिडन्तमा एनआरटीले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । एनआरटीको जितमा मेसुके ओलुमु र स्टेफन बिनङ्गले २–२ गोल गरे भने थप एक गोल दिपेश घलेले गरेका थिए ।
नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको एनआरटीले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता एपिएफले ५ लाखमा चित्त बुझाउन बाध्य बन्यो ।
Post Comments
Related News
- नव जन जागृति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको पहिलो फाइनलिस्ट
- हेटौँडा फुटबल एकेडेमी, मकवानपुर तेस्रो करैयामाई गोल्डकपको सेमिफाइनलमा
- नव जन जाग्रिती युवा क्लब तेस्रो करैयामाई गोल्डकपको सेमिफाइनलमा ,
- बकुलिया क्लब तेस्रो करैयामाई गोल्डकप फुटबल प्रातियोगिताको सेमिफाइनलमा
- उद्घाटनै खेलमै एपएफ बर्दिबाश, महोत्तरिको सानदार जित,