
काठमाडौं । नेपाली राष्ट्रिय यु–१९ महिला फुटबल टोली बंगलादेशबाट आज स्वदेश फर्किदैछ । टोली नेपाली समयअनुसार बेलुका ५ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
स्मरण रहोस, यहि डिसेम्बर ११ देखि २२ तारीखसम्म बंगलादेशको राजधानी ढाकामा भएको साफ यु–१९ च्याम्पियनसिपको दोस्रो संस्करण खेलेको नेपाल फाइनल पुग्नबाट भने दुर्भाग्यपुर्ण रुपमा बञ्चित भएको थियो ।
पहिलो संस्करणको उपविजेता समेत रहेको नेपालले लिगचरणको निर्माण मानिएको खेलमा भारतसँग १–० ले पराजित भएपछि नेपाली टोलीको लगातार दोस्रोपटक फाइनल खेल्ने सपना समाप्त भएको थियो ।
फाइनलमा उपाधिका लागि साविक विजेता तथा आयोजक बंगलादेश र भारत भिडेका थिए । जसमा बंगलादेशले भारतलाई १–० ल े हराउँदै लगातार दोस्रोपटक उपाधिमाथि कब्जा जमाउन सफल भएको थियो ।
त्यस्तै फाइनलमा पुग्नबाट बञ्चित भए तापनि नेपाली फुटबल टोलीले प्रतियोगिताको फेयर प्ले टिम पुरस्कार हात पार्न भने सफल भएको थियो ।
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ
- नेपालको लगातार दोस्रो जितमा साबित्राको लगातार दोस्रो ह्याट्रिक