News
निरजको गोलले संकटालाई महत्वपुर्ण तीन अंक

काठमाडौं । पहिलो हाफ मै लिएको अग्रता निर्णायक बनेपछि संकटा ले जारी ए डिभिजन लिगमा सोमबार नेपाल पुलिस क्लब विरुद्ध १–० को महत्वपुर्ण जित निकालेको छ ।
दशरथ रंगशालामा भएको पहिलो हाफतर्फ लक्ष्मण रुचालको कर्नर पासलाई निरज बस्नेतले १८औं मिनटमा विपक्षीको पोष्टको जाली चुमाउँदै एक मात्र निर्णायक गोल गर्न सफल भए ।
निर्णायक गोलकर्ता निरज बस्नेत नै म्यान अफ द म्याच समेत चुनिए । त्यसवापत उनले नगद १० हजार र ट्रफी पनि हात पारे । यो जितसँगै संकटाले म्याच मनी वापत पनि नगद ५० हजार प्राप्त गर्यो ।
यो जितसँगै ४ खेलबाट ८ अंक जोडेको संकटा चौथो स्थानमा उक्लेको छ । उता पराजित पुलिस क्लब भने ५ अंकका साथ सातौं स्थानमा छ । पुलिसले जारी लिगमा अहिलेसम्म केवल १ जित मात्र हात पारेको छ ।
Post Comments