
मकवानपुर । थाहा नगरपालिका हेटौंडामा जारी प्रथम अन्तरपालिका जिल्ला स्तरिय पुरुष फुटकल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । हेटौंटा–४ स्थित हुप्राचौरमा बुधबार भएको सेमिफाईनल खेलमा भीमफेदी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै थाहा नगरपालिकाले फाइनलमा स्थान पक्का गरेको हो ।
खेलको ३९औं मिनेटमा थाहा नगरपालिकाका रोशन बलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै थाहाका लागि सन्देश बलले थप एक गोल गर्दै थाहाको जित सुनिश्चित गरे ।
खेलको ६७औं मिनेटमा भीमफेदीका लागि सविन गोलले एक गोल गरे पनि हार भने टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच भीमफेदीका गोलरक्षक निशान थापा घोषित भए ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समित मकवानपुरको व्यवस्थापनमा जारी प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाईनलमा हेटौंडा र बागमती गाउँपालिका बीच खेल हुने आयोजकले जनाएको छ ।
आगामी २५ गते हुने फाईनल खेलको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा