काठमाडौं । जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने दश टोलीहरुको टुंगो लागेको छ । सोमबार भएको लिग चरणको अन्तिम खेलसँगै नकआउट चरणमा पुग्ने टोलीहरुको टुंगो लागेको हो ।
नकआउट चरणमा पुग्ने टोलीहरुमा समूह ए बाट कनकाई नगरपालिका, समूह बी बाट ललितपुर उपमहानगरपालिका, समूह सी बाट बाँसगढी नगरपालिका, समूह डी बाट शिवसताक्षी नगरपालिका रहेका छन् । त्यस्तै समूह ई बाट रोङ गाउँपालिका, समूह एफ बाट तुल्सीपुर नगरपालिका, समूह जी बाट गोदावरी नगरपालिका रहेका छन् ।
त्यसैगरी समूह एच बाट धनगढी नगरपालिका, समूह आई बाट गौरीगंगा नगरपालिका र समूह जे बाट सुनकोशी गाउँपालिका नकआउट चरणमा प्रवेश गर्न सफल भएका हुन् ।
नकआउट चरणका खेलहरु यहि कार्तिक २२ गतेदेखि शुरु हुने कार्यक्रम छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगितामा कुल ३१ टोलीहरुले सहभागि थिए । सहभागि टोलीहरुलाई १० समूहमा विभाजन गरिएको थियो ।
स्मरण रहोस, फाइनलमा पुग्ने दुई टोली राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछन् । फाइनल खेल यहि कार्तिक २८ गतेका दिन हुने एन्फाले जनाएको छ ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा