
काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौटतर्फ समूह बी का खेलहरु आजदेखि ताजिकिस्तानमा शुरु हुँदैछन् । जसमा प्रतियोगिताको उद्घाटन खेलमै नेपालले बलियो इरानसँग खेल्दैछ ।
ताजिकिस्तानी शहर दुशान्बे स्थित पामिर स्टेडियममा हुने आजको खेल नेपाली समयअनुसार बेलुका ४ः४५ बजेदेखि शुरु हुँदैछ । प्रतियोगिता अघि दुवै टोलीले राम्रो तयारी गरेको बताइसकेका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जन र कप्तान अर्पन कार्कीले इरान विरुद्धको खेल कठिन हुने भए तापनि आफूहरु सकरात्तमक नतिजाका लागि भिड्न तयार रहेको बताइसकेका छन् ।
नेपाल र इरान बीचको पछिल्लो तथ्यांक केलाउँदा उमेर समूहमा एक आपसमा नभिडे तापनि सिनियर लेभलमा यी दुई टोली चारपटक आमने सामने भएका छन् । जसमा चारैपटक इरानले नतिजा आफ्नो पक्षमा पारेको छ ।
सोमबार नै हुने समूह बी तर्फको अर्को खेलमा आयोजक ताजिकिस्तान र लेबनान पनि भिड्दै छन् । समूहको शिर्ष एक टोली आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कपका लागि सोझै छनौट हुनेछ भने उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीको पनि छनौट हुने सम्भावना कायम रहनेछ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय