News
बुढानिलकण्ठ, चुनदेवी, बिष्णुमति र वासिकको जित
काठमाडौं । छैठौं बुढानिलकण्ठ नगरकप फुटबल प्रतियोगितामा बुढानिलकण्ठ युथ क्लब, चुनदेवी क्लब, बिष्णुमति युथ क्लब र वासिक टिमले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
बुढानिलकण्ठ स्कुलको खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा बुढानिलकण्ठले रामसिता युथ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।
त्यस्तै दोस्रो खेलमा चुनदेवीले दखिनेश्वरी युथ क्लबमाथि २–० को जित निकाल्यो भने तेस्रो खेलमा बिष्ण्ुमतिले पासीकोट युवा क्लबलाई १–० को साँघुरो अन्तरले हरायो । बिहीबार भएको दिनको अन्तिम खेलमा वासिकले ड्रेगन युवा क्लबमाथि १–० को जित निकाल्यो ।
बुढानिलकण्ठ युवा समाजको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि