काठमाडौं । रोहित चन्द हाल देशका लागि साफ खेल्न माल्दिभ्स रहेका बेला उनको क्लब पर्सिजा जकार्ताले भने इण्डोनेसियन सुपर लिगमा जित हात पारेको छ ।
लिगतर्फ आफ्नो छैठौं खेलमा जकार्ताले दश खेलाडीमा सिमित बनेको पेर्सिराजा बन्दा आसे विरुद्ध १–० को साँघुरो र महत्वपुर्ण जित निकाल्यो । ६८औं मिनटमा मोहम्मद इसाले रातो कार्ड खाँदै मैदान छाड्दा पेर्सिराजा दश खेलाडीमा सिमित बनेको थियो ।
त्यसको तीन मिनट लगतै जकार्ताले पेनाल्टीबाट गोल गर्दै महत्वपूर्ण जित हात पार्यो । जकार्ताको जितमा क्रोएशियन फरवार्ड मार्को सिमिकले कुने गल्ती नगरी पेनाल्टीलाई गोलमा परिणत गर्न सफल भएका थिए ।
यो जितसँगै ६ खेलबाट १० अंक जोडेको जकार्ता तेस्रो स्थानमा पुगेको छ र शिर्ष स्थानको टोली भयङकारा भन्दा ३ अंकले मात्र पछाडी छ । त्यस्तै जकार्तासँग पराजित भएको पेर्सिराजा भने ३ अंकका साथ पुछारमा छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि