News
रेफ्री कमिटीमा गुरुङ र शर्माको नियुक्ति
काठमाडौं । पूर्व फिफा रेफ्री तथा एन्फा रेफ्री एसोसिएशनका अध्यक्ष बुद्धि बहादुर गुरुङ रेफ्री कमिटीको उपाध्यक्षमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले गुरुङलाई एक कार्यक्रमका बीच नियुक्तिपत्र हस्तान्तरण गरे ।
स्मरण रहोस, गुरुङ यसअघि रेफ्री कमिटीका सदस्य समेत थिए । त्यस्तै सोही अवसरमा पूर्व फिफा महिला रेफ्री कल्पना शर्मालाई रेफ्री कमिटीको सदस्यमा नियुक्त गरिएको छ । उनलाई पनि एन्फा अध्यक्ष शेर्पाले सोही अवसरमा नियुक्तीपत्र हस्तान्तरण गरे ।
एन्फाका अनुसार नियुक्त भएका गुरुङ र शर्माले रेफ्री कमिटीको कार्यकाल अवधिभर आ–आफ्नो सम्बन्धित जिम्मेवारी निर्वाह गर्ने बताइएको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न