News टुसाल भेट्रान्स र अमर सिंह युवा क्लब (एबिसि) सेमिफाईनलमा
गोलनेपाल
हेटौंडामा जारी पाचौँ हेटौडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा हेटौँडा भेट्रान्स रातोले कोल्वी भेट्रान्सलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । कोल्वीको तर्फबाट जर्सि नम्बर ७ का शिवचन्द्र चौधरीले १९ औँ मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाए पनि खेलको २५ र ३३औं मिनेटमा हेटौँडा भेट्रान्स रातोको तर्फबाट अनल आचार्यले गोल गर्दै वीजयी बनाएका थिए । खेलको म्यान अफ दि म्याच हेटौडा भेट्रान्सका अनल आचार्य घोषित भएका थिए ।

प्रतियोगिता अन्तर्गत आजको दोश्रो खेल हेटौँडा भेट्रान्स निलो र बगर भाइ खलक सुपर भेट्रान्सबीच भएको थियो जसमा हेटौँडा भेट्रान्स निलो बिजयी भएको थियो । खेलको १६औ मिनेटमा हेटौडा भेट्रान्सको तर्फबाट कबिन सांगामीले गोल गर्दै टिमलाई अग्रता दिएका थिए भने बगर भाइ खलक सुपर भेट्रान्सको तर्फबाट खेलको १८ औ मिनेटमा प्रविण लालचनले गोल फर्काउदै टिमलाई बराबरीमा ल्याएका थिए ।

दोश्रो हाफको २६ औ मिनेटमा हेटौडा भेट्रान्सको तर्फबाट जर्सी नम्बर ९ का संजय थापा र खेलको ३७ औ मिनेटमा जर्सी नम्बर ९ का बिक्रम बिष्टले गोल गर्दै टिमलाई तिन एकको अन्तरमा बिजयी बनाएका थिए । यस्तै तेस्रो खेलमा चितवन भेट्रान्सलाई पछाडी पार्दै सानो गौचरण नाइटकिङ क्लब विजयी भएको थियो । खेलमा नाइटकिङको तर्फबाट निमा लामाले एक मात्र गोल गरेका थिए । खेलको चौथो खेल वगरभाई खलक र बीरगञ्ज युथ एकेडेमीबीच भएको खेलमा बगरभाई खलक विजयी भएको थियो । बगरभाईको तर्फबाट ईश्वर गुरुङले एक मात्र विजयी गोल गरेका थिए ।

हेटौडाको लोकतान्त्रिक चौर हुप्राचौरमा जारी खेलमा आज ४ वटा क्वाटरफाइनल प्रवेशचरणको खेल सम्पन्न भएका थिए भने २ वटा सेमिफाइनल प्रवेश चरणका खेल भएका थिए । जसमा पहिलो क्वाटर फाइनल खेल अमरसिंह क्लब पोखरा र कैलाली भेट्रान्सबीच भएको थियो । खेलमा अमरसिंह क्लब विजयी भएको छ । खेलको ३९ औं मिनेटमा क्लबका तर्फबाट हरि लामाले गरेको गोलले अमरसिंह क्लबलाई सेमिफाइनल पु¥याउन सफल भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा कैलालीको तर्फबाट गोल गर्ने धेरै प्रयास भएपनि अन्तत कैलाली गोल गर्नबाट चुकेको थियो । योे खेलमा म्यानअफ द म्याच कैलालीका उत्कृष्ट खेल देखाउने राजनलाल नेपाली भएका थिए ।

यस्तै, बिहीबारनै भएको दोस्रो क्वाटरफाइनल खेलमा हेटौंडा भेट्रान्स रातोलाई पछाडी पार्दै बौद्ध भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ३७ औं मिनेटमा बौद्ध भेट्रान्सका हरिकृष्ण महर्जनले गरेको गोलनै निर्णायक गोल बनेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा हेटौंडा भेट्रान्स रातोले गोल गर्ने अवसरहरु प्राप्त गरेपनि गोल गर्नबाट चुकेपछि हार व्यहोर्नु परेको थियो । यो खेलमा बौद्ध भेट्रान्सका गोलकर्ता महर्जननै म्यान अफ द म्याच घोषित भएका थिए ।

यस्तै तेस्रो खेलमा चितवन भेट्रान्सलाई पछाडी पार्दै सानो गौचरण नाइटकिङ क्लब विजयी भएको थियो । खेलमा नाइटकिङको तर्फबाट निमा लामाले एक मात्र गोल गरेका थिए । खेलको चौथो खेल वगरभाई खलक र बीरगञ्ज युथ एकेडेमीबीच भएइको खेलमा बगरभाई खलक विजयी भएको थियो । बगरभाईको तर्फबाट ईश्वर गुरुङले एक मात्र विजयी गोल गरेका थिए ।हेटौडाको लोकतान्त्रिक चौर हुप्राचौरमा जारी खेलमा आज छ वटा खेल सम्पन्न भएका छन्, ।

यस्तै शुक्रबार हुने पहिलो क्वाटरफाइनल खेल हेटौंडा भेट्रान्स निलो र वानेश्वर फुटबल क्लबबीच खेल हुनेछ भने दोस्रो खेल बगरभाई खलक र सानो गौचरण नाइटकिङ क्लबबीच हुने आयोजकले जनाएको छ । त्यसैगरि पहिलो सेमिफाइनल खेल दिउँसो २ बजे बगरभाई खलक र सानो गौचरण नाइटकिङ क्लबबीचको क्वाटरफाइनल विजेता टीमसंग बौद्ध भेट्रान्सले खेल्नेछ । दोस्रो सेमिफाइनल खेल शुक्रबार नै हेटौंडा भेट्रान्स निलो र वानेश्वर फुटबल क्लबबीचको विजेता टीमसंग अमरसिंह क्लबले खेल्नेछ । फाइनल खेल शनिबार १ बजे आयोजना हुने आयोजक हेटौडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्रचार्यले बताए ।
Post Comments