News
चेन्चोले फेरि इण्डियन सुपर लिग खेल्ने

काठमाडौं (एजेन्सी) । ‘भुटानी रोनाल्डो’को उपनाम पाएका भुटानका स्टार फरवार्ड चेन्चो ग्याल्सेनले फेरि दोस्रोपटक चर्चित इण्डियन सुपर लिग (आइएसएल) खेल्ने भएका छन् ।
चेन्चोलाई केरला ब्लास्टर्सले नयाँ सिजनका लागि अनुवन्ध गरेको हो । स्मरण रहोस, गत बर्ष चेन्चोले नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङसँगै राउण्डग्लास पञ्जाब एफसीबाट हिरो आई लिग खेलेका थिए ।
२५ बर्षिय चेन्चोको इण्डियन सुपर लिगमा यो दोस्रो सहभागिता हुनेछ । यसअघि उनले सन् २०१८ मा बैंगलुरु एफसीका लागि सुपर लिगमा खेलेका थिए ।
भुटानको राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका चेन्चोले केरलासँग एक बर्षका लागि नयाँ सम्झौता गरिएको बताइएको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै