News
सी डिभिजन लिग छनौट शुरु

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा सताक्षीधाम स्र्पोटिङ क्लब र च्याम्पियन ब्वाईज एफसीले २–२ गोलको रोमाञ्चक बराबरी खेले ।
दोस्रो खेलमा एफ एस एस ले गोदावरी युनाईटेड क्लबलाई ३-२ले पराजित गर्यो।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शुरु प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले गरे । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह लगायत अन्य पदाधिकारी र अतिथीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा कुल ७८ टोलीहरु सहभागि छन् । आगामी असोज २३ गतेसम्म चल्ने छनौट प्रतियोगिताबाट तीन टोलीहरु सी डिभिजनका लागि छनौट हुनेछन् ।
(तस्विरः एन्फा)
Post Comments