
एन्फा केन्द्रिय सदस्य तथा पूर्व प्रबक्ता, किरन राईले प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र एन्फा बरिस्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ बिचको मन मुटाब एन्फा भित्रै समाधान गर्नु पर्ने भन्दै सो बिषयलाई लिएर मन्त्रालय गुहार्ने काम गलत भएको बताएका छन।
गोलनेपाल सँग कुरा गर्दै राईले भने, "एन्फा मै टुङ्गाउनु पर्ने बिषय मन्त्रालय गुहार्ने काम गलत थियो। तर मन्त्रालयले छानबिन समिती नै बनाए पछी प्रतिबेदन सार्बजनिक गर्नु पर्दछ । सत्य तथ्य बाहिर आउनु पर्छ”।
उनले थपे, "युबा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद जस्तो सबै खेलहरुलाई नियमन गर्ने निकायमा बिषय पठाई सकेपछी नियम कानुन र खेलको नियम अनुसार अनुसन्धान हुनु पर्दछ।
"अनुसन्धान समय पनि गुज्रि सकेको छ, छानबिन समितिले हामी सङ्ग पनि बयान लिएपछि अब प्रतिबेदनले के बोल्छ त्यसैको व्यग्र प्रतीक्षामा छु," राईले भने।
उनले प्रतिबेदन चाडै सार्बजनिक होस भन्ने चाहेको बताए।
"प्रतिबेदन चाडै सार्बजनिक होस भन्ने छानबिन समिति समक्ष जोडदार माग गर्दछु," राईले थपे।
राखेपले पुरेन्द्र बिक्रम लाखेको संयोजकत्वमा छानबिन समिती बनाएर अनुसन्धान गरीरहेको छ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पंकज बिक्रम नेम्बाङले आफुलाई राजीनामा दिन वाध्य पारेको भन्दै फेसबुके राजीनामा दिएता पनि उनी काममा फर्की सकेका छन।
केही मिडियाको रिपोर्टलाई मान्ने हो भने अल्मुताइरी र नेम्बाङ बिच सहमती भईसकेको छ तर दुबैजनाले सो कुरा मिडिया मार्फत जानकारी गराएका छैनन।