
काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुतारीले बन्द प्रशिक्षणमा रहेका प्रारम्भिक टोलीबाट दश खेलाडीहरुलाई बाहिर निकालेका छन् । सोमबार आधिकारिक रुपमा एन्फाले यो कुराको घोषणा समेत गरेको छ ।
दश खेलाडीहरु बन्द प्रशिक्षणबाट निस्किएपछि अब प्रारम्भिक टोलीमा कुल २८ खेलाडीहरु मात्र सामेल छन् । हाल पोखरामा बन्द प्रशिक्षण गरिरहेको राष्ट्रिय फुटबल टोलीबाट बाहिरिने दश खेलाडीहरुमा बिक्रम लामा, सन्जोग राई, बिशाल सुनार, भरत खवास, जर्ज प्रिन्स कार्की, रजिन धिमाल, रणदिप पौडेल, राजिव लोप्चन, त्रिदेव गुरुङ र सेसेहाङ आङदेम्बे रहेका छन् ।
स्मरण रहोस, नेपाली टोली आउँदो अक्टुबरमा माल्दिभ्समा हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपको तयारीमा छन् । यद्यपि साफ च्याम्पियनसिप खेल्नु अघि नेपालले यहि आउँदो सेप्टेम्बर २ र ५ तारीखका दिन दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्ने पनि तय भइसकेको छ ।
प्रारम्भिक टोलीमा परेका २८ खेलाडीहरुः