News
राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा हुने तय
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार राष्ट्रिय पुरुष फुटबल टोलीले आफ्नो बन्द प्रशिक्षण बुधबारदेखि पोखरामा गर्ने बताएको छ ।
एन्फाका अनुसार हाल टोलीमा रहेका खेलाडी तथा अफिसियलहरु दश दिने आराममा छन् । साथै उनीहरु मंगलबार पोखरा पुग्ने समेत बताइएको छ । त्यस्तै बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा केही फेरबदल गरिएको कुरा पनि एन्फाले जनाएको छ ।
जसअनुसार टोलीमा परेका प्रकाश बुढाथोकी र एरिक बिष्ट पोखराको बन्द प्रशिक्षणमा सामेल हुने छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी, सेसेहाङ आङदेम्बे र गोलरक्षक बिकास सुनार पोखरा जाने बताइएको छ ।
स्मरण रहोस, नेपालले यहि अक्टुबरमा हुने भनिएको प्रतिष्ठित साफ च्याम्पियनसिपको तयारीमा छ । साथै एएफसी एसियन कप २०२३ को फाइनल राउण्ड छनौट खेल्ने तयारीमा पनि छ ।
यस्ता छन् बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुः
किरन कुमार लिम्बु, बिशाल श्रेष्ठ, बिकेश कुथु, बिशाल सुनार, दिप कार्की, अर्पन कार्की, रजिन धिमाल, सुमन अर्याल, रणदिप पौडेल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजिव लोप्चन, अनन्त तामाङ, रोहित चन्द, सुरज ज्यु ठकुरी, सुमन लामा, कमल थापा मगर, नितीन थापा, तेज तामाङ, पुजन उपरकोटी, बिशाल राई, सन्तोष तामाङ, सन्जोक राई, बिक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, सुनिल बल, मनिष्ठ डाँगी, जर्ज प्रिन्स कार्की, अन्जन बिष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल, सेसेहाङ आङदेम्बे, शिशिर लेखी ।
Post Comments
Related News
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने