
पूर्वका प्रशिक्षक, खेलप्रेमी, समाजसेवी युबेन गुरुङले आफ्नो व्यक्तिगत तर्फबाट खेलाडी पदम भट्टराईलाई नगद एक लाख सहयोग गरेका हुन ।
धनकुटा निवासी भट्टराईलाई उपचारको लागि गुरुङले अजित मादेनद्धारा उक्त रकम सहयोग गरेका हुन ।
सगरमाथा युथ क्लबबाट फाइनल खेल्ने क्रममा दाहिने खुट्टामा गम्भीर चोट लागेपछि भट्टराई अहिले काठमाडौको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार गराईरहेका कुरा गुरुङले बताए ।
नेपालको उमेर समुहबाट साथै ए डिभिजन लिग विग्रेड व्याइज क्लबबाट खेली सकेका भट्टराईलाई आर्थिक अभावका कारण र एक उदियमान खेलाडी भएकाले युबेन गुरुङले आफ्नो व्यक्तिगत रुपमा नगद एक लाख सहयोग गरेका हुन ।
युबेन गुरुङ एक सहयोगी भावना साथै खेलाडीहरुलाई समस्या परेको बेला हरबखत आफुले सकेसम्म सहयोग गर्ने व्यक्ति हुन । गुरुङले खेलाडीहरुलाई समस्या परेको बेला सहयोग गर्दै आएका छन । भट्टराईलाई पुर्ण रुपमा फिट हुन १३ महिना लाग्ने जानकारी दिएका छन ।
- तेस्रो सुन्दरहरेचा मेयर कपमा इटहरीको विजयी शुरुवात
- लखनपुर भेट्रान्स तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिताको फाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स फुटबल प्रतियोगिता: चारपाने युनाईटेड भेट्रान्स सेमिफाईनलमा
- तेस्रो उर्लाबारी भेट्रान्स कपको सेमिफाइनल समिकरण पूरा
- पाँचौं अध्यक्ष कपः केराबारी ६ को पुरुष टोलीलाई उपाधि