काठमाडौं । नेपालको पहिलो फ्रेन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिगतर्फ धनगढी एफसीले आफ्नो पहिलो खेलमै नमज्जाको हार बेहोरेको छ ।
स्टार गोलरक्षक किरन चेम्जोङको कप्तानीमा उत्रिएको धनगढीले आइतबार बिराटनगर सिटी एफसीसँग ३–० ले निराश बन्न पुग्यो । दशरथ रंगशालामा भएको खेलमा धनगढीले पहिलो हाफको १५औं मिनटमै गोल खान पुगेको थियो ।
बक्स भित्र घुलमुलको स्थितिमा बिक्रम धिमालले विपक्षी खेलाडी र गोलरक्षक किरनलाई जिल्याउँदै बिराटनगरका लागि पहिलो गोल गरेका थिए । थप दुई गोल भने दोस्रो हाफमा सम्भव

५७औं मिनटमा अडिलेजा सोमिडेले बिराटनगरका लागि दोस्रो गोल थप्दा धनगढी खेलमा फेरि सम्हालिन सकेन । ६९औं मिनटमा सन्तोष तामाङले बक्सको दाँया भागबाट गरेको कडा प्रहारले बलको जाली चुम्दा बिराटनगरले प्रभावशाली जित सुनिश्चित गरेको थियो ।
खेलमा सन्तोष तामाङ म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २५ हजार र ट्रफी हात पारे । यो जितसँगै बिराटनगरले लिगमा महत्वपूर्ण तीन अंक समेत जोड्न सफल भएको छ । बिराटनगरले आफ्नो दोस्रो खेल पोखरा थन्डर्ससँग खेल्नेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै