बुटवल । रुपन्देहीमा सम्पन्न स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि झरना स्पोर्टस क्लबले जितेको छ ।
फाइनलमा सोमई ब्रदर्शलाई शून्यका विरुद्ध २ गोलले हराउँदै झरनाले उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा झरनाका लागि आकाश अस्लामी मगर र सिजन थापाले गोल गरे ।
विजेता बनेको झरनाले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता सोमई ब्रदर्शले ३० हजारमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार क्रमशः झरनाका कुशल बिक र रोहित सुनारले हात पारे ।
त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने सोमई ब्रदर्शका एलिस मगर चुनिए । विजयी खेलाडीहरुलाई तिलोत्तमा नगरपालिका वार्ड नम्बर ९ का वडा अध्यक्ष नारायण न्यौपाने, आयोजक डिएमसी क्लबका अध्यक्ष भानुभक्त थापा लगायत अन्य अतिथीहरुले पुरस्कृत गरेका थिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने