News
इन्टर र सखुवानीको जित

बुटवल । रुपन्देहीमा जारी स्व.लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड नकआउट फुटबल प्रतियोगितातर्फ सोमबार भएका खेलहरुमा इन्टर स्पोर्टस र सखुवानी एफसीले जित हात पारेका छन् ।
तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा सम्पन्न खेलमा इन्टरले रिडी एफसीमाथि ३–० को सहज जित निकाल्यो । इन्टरको जितमा भुवन थापाले दुई गोल गरे भने विवेक केसीले थप एक गोल गरे ।
त्यस्तै अर्को खेलमा सखुवानीले एनवाईसी, प्रदिपनगरलाई २–१ ले हरायो । सखुवानीको जितमा गोविन्द थापा र कमल गुरुङले गोल गरे । उता पराजित एनवाइसीका लागि विवेक रानाले एक मात्र गोल फर्काएका थिए ।
डिएमसी, तुल्सीपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक जिवन सुवेदीले बताए ।
Post Comments