मूलखर्क । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा जारी प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित महिला फुटबल प्रतियोगितामा तेह्रथुमको फेदाप गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा फेदापले धनकुटाको डीवाईसी साँगुरीगढी, भेडेटारलाई ४–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
फेदापको शानदार जितमा अनिता राना मगरले ह्याट्रिक गरिन्। खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएकी अनिताले १६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। त्यस्तै, खेलको २१औँ मिनेटमा पेन्जु राईले गोल थपिन्। २३औँ मिनेटमा अनिताले व्यक्तिगत तेस्रो गोल पूरा गरेपछि फेदापले ४–० को सहज जित निकाल्यो।
निर्णायक प्रदर्शन गरेकी अनिता राना मगर खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। खेलमा चैनपुर नगरपालिकाकी उपप्रमुख एलिना श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्।
स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजित प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह–आयोजनामा सञ्चालन भइरहेको छ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले नगद तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीले २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- संखुवासभाको मादीमा प्रथम मझिया स्मृति महिला कप सुरु, धरानको विजयी सुरुवात
- सेकाहालाई तेस्रो तीनपोखरी कपको उपाधी
- सेकाहा तेस्रो तीनपोखरी कपको फाइनलमा, उपाधिका लागि मकालु फ्रेन्डससँग भिड्ने
- मकालु फ्रेन्डस तेस्रो तीनपोखरी कपको फाइनलमा