काठमाडौं । नेपालको राष्ट्रिय ए डिभिजन क्लब फ्रेण्डस क्लब, कोपुण्डोलको फागुन १५ शनिबार एक कार्यक्रमका बीच विभिन्न निर्णयका साथ साधारण सभा सम्पन्न भएको छ ।
कोपुण्डोल स्थित कोपुण्डोल ब्यान्क्वेटमा क्लबका अध्यक्ष राजिवराज पौड्यालको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङ रहेका थिए ।
क्लबका प्रवक्ता राजाराम तण्डुकारका अनुसार सो साभारण सभाले केही महत्वपूर्ण निर्णयहरु समेत गरेको बताए । तण्डुकारका अनुसार आउँदो चैत २८ गते क्लबको नयाँ कार्यसमिति निर्वाचन गर्ने बताए । त्यसका लागि क्लबका आजिवन सदस्य राम खनालको संयोजकत्वमा निर्वाचन कमिटि बनाउने निर्णय समेत भएको प्रवक्ता तण्डुकारले बताए ।
त्यसैगरी साभारण सभाले गरेको अन्य केही महत्वपूर्ण निर्णयहरुमा एएफसी र फिफाको नीति अनुसार क्लबको विधान संशोधन गर्ने, क्लब लाइसेन्सिङको प्रक्रिया अघि बढाउने, चाँगुनारायण नगरपालिकामा क्लबको खेल मैदान निर्माण गर्ने निर्णय भएको समेत तण्डुकारले जानकारी दिए । साथै सो मैदानका लागि डिपिआर पनि तयार भइरहेको उनले बताए ।
सो अवसरमा चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्र, विशेष अतिथीका रुपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्वाङ लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि