News
एएफसी यु–१७ एसियन कप छनौटः नेपालको लगातार दोस्रो हार
काठमाडौं । एएफसी यु–१७ एसियन कप छनौट खेल्ने म्यानमार पुगेको नेपाली युथ टोलीले समूह चरणतर्फ आफ्नो लगातार दोस्रो खेलमा हार बेहोरेको छ ।
समूह जी मा रहेको नेपालले सोमबार घरेलु टोली म्यानमारसँग ४–० को फराकिलो हार बेहोरेको हो । नेपालले यसअघि आफ्नो पहिलो खेलमा सिरियासँग २–४ को हार बेहोरेको थियो भने म्यानमारले अफगानिस्तानलाई ३–१ ले हराएको थियो ।
यो हारसँगै नेपाल अंकविहीन रुपमा समूह जी को पुछारमा छ । साथै यो हारसँगै नेपालको सम्भावना कठिन र लगभग समाप्त भएको छ । म्यानमार भने ६ अंकका साथ शिर्ष स्थानमा छ ।
नेपालले आफ्नो आगामी खेल २८ नोभेम्बरका दिन अफगानिस्तानसँग खेल्नेछ । त्यस्तै सोही दिन म्यानमारले ओमानको सामना गर्नेछ । समूहको शिर्ष स्थान हासिल गर्ने टोल ीअर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कपका लागि छनौट हुनेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)