News
ताप्लेजुङमा सम्पन्न मेरिङदेन कपको आय–व्यय सार्वजनिक, क्लबमा २ लाख ३० हजार मौज्जात
मेरिङदेन । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ खाम्लुङमा कात्तिक ७ देखि १२ गतेसम्म सञ्चालन भएको पाँचौँ अन्तर जिल्ला स्तरीय आमन्त्रित मेरिङदेन कप पुरुष फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ ।
पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लबद्वारा आयोजित प्रतियोगिताका लागि विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट जम्मा ९ लाख ३३ हजार ३८० रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ।
प्रतियोगिता सञ्चालनमा ७ लाख ३ हजार ३६४ रुपैयाँ खर्च भएको र क्लबमा २ लाख ३० हजार १६ रुपैयाँ मौज्जात रहेको जानकारी क्लबका अध्यक्ष सुजन लिम्बुले दिएका छन्।
दिपावलीको अवसर पारेर कात्तिक ७ गतेदेखि सुरु भएको प्रतियोगिता कार्तिक १२ गते भव्यताका साथ सम्पन्न भएको थियो। प्रतियोगितामा तेह्रथुम, ताप्लेजुङ र पाँचथरका गरी कुल १० टिम सहभागी भएका थिए।
प्रतियोगितामा साथिभाइ सामाजिक युवा क्लब, फुङलिङ विजेता बनेको थियो भने जनसेवा आदर्श युथ स्पोर्टिङ क्लब, ढुंगेसाँघु उपविजेता बनेको थियो।
Post Comments
Related News
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि