काठमाडौं । बंगलादेश विरुद्ध खेल्ने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली तयार पार्न छनौट कार्यक्रम हुने भएको छ ।
राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याथ्यु रसले खेलाडी छनौट कार्यक्रमका लागि ३९ खेलाडीहरुको नामावली घोषणा गरेका छन् । छनौट कार्यक्रमका लागि बोलाइएका खेलाडीहरुमा अधिकांश नयाँ खेलाडीहरु समेत सामेल छन् ।
छनौट कार्यक्रम यही साउन २५ देखि २७ गतेसम्म हुने एन्फाले जनाएको छ । छनौट कार्यक्रम पश्चात राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोली घोषणा गरिने एन्फाले जनाएको छ ।
स्मरण रहोस, नेपालले आउँदो सेप्टेम्बर ६ र ९ तारीखका दिन बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मेत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । जुन खेलहरु दशरथ रंगशालामा हुनेछन् ।
यस्ता छन् छनौट कार्यक्रममा बोलाइएका खेलाडीहरुः
गोलकिपर्सः बिशाल सुनार, प्रमिजय गच्छदार, टिकेन्द्र थापा
डिफेन्डर्सः अमृत श्रेष्ठ, कुलदिप कार्की, सृजनराज गौतम, योगेश गुरुङ, पदम भट्टराई, देवेन्द्र तामाङ, आशिष गुरुङ, छिरिङ गुरुङ, दिपेश धिमाल, दिवाकर चौधरी, एकराज बुढाथोकी, मनोज राई
मिडफिल्डर्सः कुशल देउवा, सुदिप गुरुङ, सुरज जिउ ठकुरी, शिशिर लेखी, रामचन्द्र वजी, रणदिप पौडेल, बिबेक पौडेल, जय गुरुङ, सुबास बम, अजित लामा, दिवस छन्त्याल, आशिष सोनाम
फरवार्डसः प्रताप सिंह राई, फागुराम थारु, ओम प्रकाश, मिलन राई, आदित्य शाक्य, निरज चौधरी, दिनेश हेन्जन, प्रदिप लामा, निराजन धामी, समिर तामाङ, बिक्रान्त नरसिंह राण, अमित लामा
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)