काठमाडौं । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितातर्फ सोमबार मच्छिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबले आ–आफ्नो खेलमा उत्कृष्ट जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबलाई ५–० को अन्तरले हरायो । मच्छिन्द्रको जितमा अर्जुन कढायतले दुई गोल गर्दा प्रज्ञान राई, हिमाल थिङ र बिकास थापाले समान एक–एक गोल गरे ।
यो जितपछि ९ खेलबाट २० अंक जोडेको मच्छिन्द्र लिगतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उता पराजित आर्मी भने ६ अंका साथ पुछारतिर १२औं स्थानमा संघर्षरत छ ।
त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई ३–१ ले पराजित गर्यो । मनाङको जितमा ईश्वर परियार, शिओम श्रेष्ठ र साकिन कुँवरले सामन एक–एक गोल गरे । उता जावलाखेलका लागि भने पुजन सुनारले एक मात्र गोल फर्काएका थिए ।
यो जितपछि ९ खेलबाट २० अंक जोडेको मनाङ पनि शिर्ष तीन कै होडमा छ । उता हार बेहोरेको जावलाखेल भने १० अंकका साथ लिगतालिकाको नवौं स्थानमा छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाक्यद्वारा योध्दा फुटबल एकेडेमीको अवलोकन र भेटघाट
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा