News
रेखाको टोली अबुधाबीलाई उपाधि

काठमाडौं । युएईको शिर्ष महिला लिगमा अबुधाबी कन्ट्री क्लबका लागि खेलिरेहकी नेपालकी राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेलले युएईको शिर्ष महिला लिग उपाधि जितेकी छिन् ।
युएईमा रेखाको यो पहिलो उपाधि समेत हो । यद्यपि उनको क्लबल अबुधाबीले भने यस सिजन अपराजित रहँदै लगातार ११औं पटक लिग उपाधि जित्न सफल भएको हो ।
स्मरण रहोस, गत वर्ष अबुधबाी कन्ट्री क्लबमा आवद्ध भएकी रेखाले क्लबका लागि एएफसी महिला च्याम्पियन्स लिग पनि खेलिनर । साथै एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी समेत बनिन् ।
रेखा अब स्वदेश फर्किएर राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा सहभागि हुने बताइएको छ । हाल नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप छनौटको तयारीमा व्यस्त छ ।
Post Comments
Related News
- अष्ट्रेलियाः सेन्ट जर्जलाई नवाज कपको उपाधि
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- झापा सुपर कप इजरायल २०२५ को प्लेअफ ब्र्याकेट सार्वजनिक