
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बापो सुब्बाले थाइल्याण्ड भ्रमणका क्रममा घरेलु टोलीसँग हुने दुई मैत्रीपूर्ण खेलमा आफूहरुले जित्नकै लागि मैदानमा उत्रिने बताएकी छिन् ।
थाइल्याण्ड उड्नु अघि अन्जिलाले प्रतिक्रिया दिंदै पहिलोपटक थाइल्याण्ड जस्तो माथिल्लो वरियताको टोलीसँग भिड्ने लागेको बताउँदै त्यसका लागि आफूहरु तयार रहेको बताएकी छिन् ।
अन्जिला भन्छिन्, “थाइल्याण्डसँगको खेललाई लिएर हामी केन्द्रित छौं । हाम्रो बलियो पक्ष भनेको मध्यपंक्ति हो । मिडफिल्डमा रेनुका (नगरकोटे), प्रिती (राई) जस्ता खेलाडीहरु छन् । उनीहरुले राम्रो गर्न सके अग्रपंक्तिमा रहेकी मुख्य खेलाडी साबित्रा (भण्डारी) लाई पनि गोल गर्न सहज हुनेछ । डिफेन्स र गोलकिपिङमा भने कहिले कांिह समन्य नमिल्दा समस्या हुन्छ । तर पनि हामी थाइल्याण्ड विरुद्ध राम्रो खेल्नेमा विश्वस्त छौं ।”
स्मरण रहोस, नेपालले थाइल्याण्डसँग दुई खेल खेल्ने कार्यक्रम छ । जसमा पहिलो खेल ३० मईका दिन अभ्यास खेलका रुपमा खेल्नेछ भने जुन २ तारीखका दिन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।
यी दुवै खेल नेपालले एएफसी महिला एसियन कप छनौट प्रतियोगिताको तयारी खेलका रुपमा खेल्नेछ । छनौट प्रतियोगिता अनतर्गत समूह एफमा रहेको नेपालले आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग खेल्ने कार्यक्रम छ ।
यस्तो छ फाइनल स्क्वाडः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर्सः अमृता जैशी, गीता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर्सः अनिता बस्नेत, बिमला चौधरी, रेनुका नगरकोटे, प्रिति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्डसः साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल