
काठमाडौ । थाईल्याण्डसँगको दुई मैत्रीपुर्ण फुटबल म्याच खेल्ण त्यसतर्फ जाने राष्ट्रिय महिला फुटबल टोलीको विदाई गरिएको छ ।
टोलीलाई एक कार्यक्रमका बीच एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महासचिव किरण राई, केन्द्रीय सदस्य सरीला श्रेष्ठ मलेकु लगायतले विदाई गरे ।
स्मरण रहोस, नेपालले थाइल्याण्डसँग दुई खेल खेल्ने कार्यक्रम छ । जसमा पहिलो खेल ३० मईका दिन अभ्यास खेलका रुपमा खेल्नेछ भने जुन २ तारीखका दिन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।
यी दुवै खेल नेपालले एएफसी महिला एसियन कप छनौट प्रतियोगिताको तयारी खेलका रुपमा खेल्नेछ । छनौट प्रतियोगिता अनतर्गत समूह एफमा रहेको नेपालले आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग खेल्ने कार्यक्रम छ ।
यस्तो छ फाइनल स्क्वाडः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर्सः अमृता जैशी, गीता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर्सः अनिता बस्नेत, बिमला चौधरी, रेनुका नगरकोटे, प्रिति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्डसः साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक, नेपाल पहिलो खेलमा भारतसँग भिड्ने