International कोपा अमेरिका शुरु, साविक विजेता अर्जेन्टिनाको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण अमेरिकी फुटबलको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४८औं संस्करण शुक्रबार बिहानदेखि शुरु भएको छ । अमेरिकामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता अर्जेन्टिनाले विजयी शुरुवात गरेको छ ।

एटलान्टामा भएको समूह ए तर्फको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्वारेज र लौतारो मार्टिनेजले गोल गरे । समूह ए मा अर्जेन्टिना र क्यानडासँगै पेरु र पूर्व विजेता चिली पनि रहेका छन् ।

प्रतियोगितामा सहभागि कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल भने जुलाई १४ तारीखका दिन हुनेछ ।

Post Comments