नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । सो कुराको पुष्टि एन्फाले समेत गरेको छ ।

एन्फाका अनुसार आउँदो सेप्टेम्बर ६ र ९ तारीखका दिन नेपालले दशरथ रंगशालामा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्ने भएको हो । साथै दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो मै पर्ने एन्फाले जनाएको छ ।

नेपालले यो दुई खेललाई आफ्नो आगामी एसियन कप छ्नौटतर्फको तयारी खेलका रुपमा समेत खेल्नेछ । नेपालले एसियन कप छ्नौटतर्फ अक्टोबर ९ तारीखका दिन भियतनामसँग अवे म्याच खेल्ने कार्यक्रम छ ।

स्मरण रहोस, एसियन कप छ्नौटतर्फ समूह एफमा रहेको नेपालले हालसम्म खेलेको दुई खेलमा मेलेसिया र लाओससँग हार बेहोरिसकेको छ ।

Post Comments