गाट्टुसो इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
गोलनेपाल

काठमाडौं (एजेन्सी) । लिजेन्डरी इटालियन मिडफिल्डर गेनारो गाट्टुसो इटालीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन । इटालीले पुर्ब प्रशिक्षक लुसियानो स्पालेट्टीको वर्खास्तीपछी गाट्टुसोलाई नियुक्त गरेको हो ।

इटाली फुटबल फेडरेशनले ४७ वर्षिय गाट्टुसोको नियुक्तिबारे आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी समेत गराएको छ ।

गाट्टुसोले यसअघि गत वर्ष मात्र क्रोएसियन क्लब हाडजुक स्प्लिटसँग सन २०२६ सम्मका लागि प्रशिक्षकीय सम्झौता गरेका थिए । यद्यपि उनले यसै महिना क्लबसँगको त्यो सम्झौता आपसी सहमतिमा रद्द गरेका थिए ।

त्यसबाहेक उनले खेलाडीका रुपमा करियरको अधिकांश समय बिताएका एसी मिलान, नापोली, भ्यालेन्सिया (स्पेन) र मार्सेली (फ्रान्स) जस्ता क्लबहरुको जिम्मेवारी पनि सम्हालेका थिए ।

खेलाडीका रुपमा इटालीलाई सन २००६ मा फिफा विश्वकपको उपाधी जिताएका गाट्टुसोसँग अब प्रशिक्षकका रुपमा देशलाई सफलता दिलाउने नयाँ चुनौती थपिएको छ ।

Post Comments