ANFA एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई पाँच लाख धरौटीमा रिहा
गोलनेपाल

काठमाडौं । खेल मिलेमतो, भ्रष्ट्राचार तथा अन्य अनियमितताको विषयमा दोषी देखिएका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई धरौटीमा रिहा भएका छन् ।

ललितपुर जिल्ला अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्न बुधबार आदेश दिएको हो । हरिसिंह धामीको एकल इजलासले उनीहरुलाई जनही पाँच–पाँच लाख धरौटीमा छाड्न आदेश जारी गरेको हो ।

स्मरण रहोस, खेल मिलोमतो, भ्रष्टाचार लगायतको विषयमा अनुसन्धान हुँदा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) ले एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईसहित कोषाध्यक्ष रविन्द्रमान जोशी र लेखा अधिकृत सञ्जिव पाण्डेलाई दोषी ठहर गरी उनीहरु विरुद्ध मुद्दा दायर गरेको थियो ।

पक्राउ परेका रविन्द्रमान जोशी र सञ्जिव पाण्डे अदालतको आदेशअनुसार धरौटीमा रिहा भइसकेका छन् । उता अदालतबाट पक्राउ पुर्जी जारी भएको अवस्थामा नेम्वाङ र राई बुधबार मात्र अदालतमा उपस्थित भएका थिए ।

Post Comments